मतदानलगत्तै प्रम दाहालले गरे देउवा र नेपालसँग छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेपछि गठबन्धन दलका तीन शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । संसद भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरूबीचको छलफल चलिरहेको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले चैत ६ गते लिने विश्वासको मत, सरकारलाई पूर्णता दिनेलगायत समसायिक विषयमा केन्द्रित रहेको जनाइएको छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १५:०७ प्रकाशित