नयाँ उपराष्ट्रपतिका लागि मतदान सुरू

केन्द्रभाग मिडिया

काठमाडौं ।

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो ।
मतदान १० बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ ।

उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ । शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् ।उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

  • ३ चैत्र २०७९, शुक्रबार १०:१६ प्रकाशित