पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) युरो र पाउण्डको भाउ बढेको छ ।
आज युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा थियो।
यस्तै आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ०३ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहको छ । हिजो पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८रुपैयाँ ७६ पैसा थियो।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा छ भने चिनियाँ युवानको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५ रुपैयाँ २३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा रहेको छ ।