हिमलुङ हिमपहिरोमा हराएकाको खोजी कार्य अस्थायी रुपमा स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिमलुङ हिम पहिरोमा हराएकाहरूको खोजी कार्य अस्थायी रुपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ हराइरहेका छन् ।

अहिलेसम्म ४ जनाको शव भेटिएको छ । हिमपहिरो लगत्तै एसोसिएसनको नेतृत्वमा अनुभवी उद्धार टोली खोज तथा उद्धारमा खटिएको थियो । हिमलुङ आधार शिविरमा गएको विशाल हिमपहिरोका कारण आधार शिविर १४ फिटसम्म बाक्लो हिउँले ढाकिएको समेत एसोसिएसनले जनाएको छ ।

मिङ्मा जी नेतृत्वमा ८ जनाको उद्धार टोलीले कठिन परिस्थितिमा समेत साहसिक खोज तथा उद्धारको काम गरेको थियो । तर, अब हिमलुङ हिम पहिरोमा जीवित उद्धारको सम्भावना नभएपछि टोलीले उद्धारको काम रोकेको छ ।

एसोसिएसनका अनुसार हिउँ र हिमालको अवस्था हेरी पुनः उत्खननको काम गरिने समेत एसोसिएसनले जनाएको छ ।

  • १३ आश्विन २०८३, मंगलवार १४:५३ प्रकाशित