३ युवतीमाथि सामुहिक बलात्कारः ३ पक्राउ, ६ फरार

केन्द्रभाग मिडिया

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलामा तीन युवतीमाथि सामुहिक बलात्कार भएको छ ।

दसैंको टीका लगाएर घर फर्किने क्रममा ९ युवाको समूहले तीन जना युवतीलाई बलात्कार गरेका हुन् । युवतीहरुले आफुहरु बलात्कृत भएको भन्दै ती युवकहरुविरुद्ध उजुरी दिए छन् ।

उजुरी पश्चात ३ युवक पक्राउ परेको प्रहरीले बताएको छ भने अन्य ६ जना फरार रहेका छन्् । पक्राउ पर्नेमा २२ वर्षीय हिम लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगर रहेको प्रहरीले जानकारी दिएको छ । बलात्कारमा संलग्न फरार व्यक्तिहरूको खोजतलास भइरहेको छ ।

किशोरीका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरी अनुसार आफन्तकहाँ दसैं टीका लगाएर फर्किंदा शनिबार राति कमलामाई नगरपालिका–५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेका थिए ।

  • ३१ आश्विन २०७८, आईतवार १६:४३ प्रकाशित