माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने विप्लवको चेतावनी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधी र हत्यारा भन्नेहरूलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

काठमाडौंमा आइतबार आयोजित शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु अपराधी नभएको प्रष्ट पारे ।

‘आज माओवादीले सारा बिगार्‍यो भन्नेहरू छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ त्यो उहाँको कुरा । तर, मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेहरूलाई ठेगाना लगाइदिने तागत हामीसँग छ, हामी लगाइदिन्छौँ । यो साचो कुरा हो’, उनले चेतावनी दिँदै भने ।

  • २१ फाल्गुन २०७९, आईतवार १५:२२ प्रकाशित