काठमाडौँ ।
ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।ज्यान जानेमा चिसंखुगढी–३ का मीनबहादुर श्रेष्ठसहित अर्का एक जना छन् ।
दुर्घटनामा परेको ना।१ ज ८४८३ नम्बरको बोलेरोमा १३ जना सवार रहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । अरू गम्भीर घाइतेहरूलाई पनि हेलिकप्टरबाट उद्धार भइरहेको डिएसपी दीपक केसीले जानकारी दिए ।














