फेवातालमा डुङ्गा दुर्घटनामा एक जनाको निधन

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
पोखराको फेवातालमा डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको निधन भएको छ । पोखरा– १ बगरकी ७० वर्षीया याम माया गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी ​श्रवण कुमार विकले जानकारी दिए ।

शनिबार दिउँसो ४ बजेको समयमा अचानक आएको हावाहुरीका कारण ६ जना सवार डुङ्गा पल्टिएकोमा अन्य ५ जनाको सकुशल उद्धार गरिएको थियो । डुङ्गा मुनि परेकी गिरीलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । डुंगामा सवार ६ जना नै एकै परिवारका हुन् ।

  • २० फाल्गुन २०७९, शनिबार १८:३८ प्रकाशित