पौडेललाई जिताउन सातै प्रदेशमा केन्द्रीय नेता : कुन प्रदेशमा कसलाई खटायो ? सूचीसहित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् ।

बागमती प्रदेशमा महामन्त्री गगन थापा र गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङलाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् ।

  • १८ फाल्गुन २०७९, बिहीबार ०९:०० प्रकाशित