एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज बिहानै गोरखा केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो।

२०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।त्यसपश्चात भुकम्पको पराकम्प जाने क्रम भने अझै रोकिएको छैन ।

  • ३१ आश्विन २०७८, आईतवार ०९:१३ प्रकाशित