पक्राउ परेकै दिन आज अभिनेता पल शाह रिहा हुदैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा हिजो (आइतबार) सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज जेलमुक्त हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुन लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।

शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए ।

शाह सोमबार रिहा भएपछि काठमाडौं जाने बुझिएको छ ।पल गत वर्ष पक्राउ परेकै दिन आज जेलबाट छुट्ने भएका हुन् । पल गत वर्ष फागुन १५ गतेकै दिन पक्राउ परेका थिए ।

एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

 

  • १५ फाल्गुन २०७९, सोमबार ०९:१० प्रकाशित