सन्दीपलाई थुनामा पठाउन सरकारी वकिलको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेलाई पुुन थुनामा पठाउन सरकारी वकिलहरुले माग गरेका छन् ।

आज बन्द इजलासमा भइरहेको सुनुवाईमा उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएको भन्दै सन्दिपलाई पुर्पक्षका लागि पुन थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका हुन् । वकिलहरुले कसको के योगदान छ भन्दा पनि अपराध के हो भनेर हेर्नुपर्ने बताएका छन् ।

सन्दिपलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ ।

नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदन न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

एक कानुन व्यवसायीका अनुसार सुरुमा सन्दीपका वकिलहरुले विदेश जाने अनुमतिबारे पहिले सुनुवाइ गर्न माग गरेका थिए । तर इजलासले धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयको निवेदन आइसकेकाले पहिले त्यसैलाई हेर्ने बताए ।

  • १४ फाल्गुन २०७९, आईतवार १४:२५ प्रकाशित