युथ्स अफ कुँवर टोलले आयोजना गरेकोे रक्तदानमा ७३ युनिट रक्त संकलन

केन्द्रभाग मिडिया

पोखरा ।

युथ्स अफ कुँवर टोल पोखरा ८ को आयोजना, कुँवर समाज समिति र  भवानी आमा समूह पोखरा ८ कुँवर टोलको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको रक्तदानमा ७३ युनिट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदान जीवन दान भएकाले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा आयोजक संस्था प्रति आभार प्रकट गरे । उनले वडा भित्र हुने यस्ता रचनात्मक काममा वडा र आफू सधैं साथमा रहेको बताए ।

कार्यक्रममा कुँवर टोल विकास संस्थाका अध्यक्ष पार्वता पौडेल, कुँवर समाज समितिका अध्यक्ष ध्रुव कुँवर, सिद्धार्थ युवा क्लवका अध्यक्ष प्रमोद नारायण श्रेष्ठ, कुँवर युवा क्लवका अध्यक्ष राजु कुँवर, भवानी आमा समूहका अध्यक्ष समिक्षा कुँवर,  सचिव सपना कुँवर र कुँवर समाज समितिका महासचिव शम्भु कुँवर लगायतले उक्त अवसरमा रक्तदानको महत्वका बारेमा बोलेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको अवसरमा कुँवर टोलका जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।

  • १३ फाल्गुन २०७९, शनिबार १८:०३ प्रकाशित