पोखरा ।
नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दार्ताको कार्यक्रम छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकाले त्यसका लागि आज दलहरूले आ–आफ्ना उम्मेदवारी दर्ता गराउँदै छन्।
हिजो बसेको आठ दलको सहमति अनुसार आठ दलको तर्फबाट कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउनेछ । उक्त गठबन्धनमा सामेल अरु दलहरुले उम्मेदवार दर्ता गराउने छैनन् ।
मनोनयन दर्ता गराउनु अघि नेपाली कांग्रेसले बैठक बसरे उम्मेदवार टुंग्याउने छ । त्यसैगरी नेकपा एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने प्रष्ट पारिसकेकाले उसले पनि आफ्नो उम्मेदवार बैठक बाट नै तय गर्र्नेछ । यसका लागि दुबै दलले आ–आफ्नो बैठक डाकिसकेका छन् ।
एमाले बैठकले गत १० पुसमा बनेको सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले अब कसरी अघि बढ्ने भन्नेबारे पनि निर्णय गर्नेछ ।













