दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।
अब दुधको मुल्य बढ्ने भएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो । किसानको नाममा उद्योगीलाई फाइदा पुग्ने गरि मुल्य बढाउँदा उपभोक्तालाई भार पर्ने भएको छ।

‘किसान, उद्योगी, बजारसहित अध्ययन गरेर अध्ययन समितिले प्रतिवेदन बनायो । प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौं,’ बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले भने, ‘मूल्य बढाउने प्रस्ताव मन्त्री र सचिवज्यूले अध्ययन गर्दै हुनुहुन्छ । मन्त्रिपरिषद्‌ले स्वीकृति दिएपछि कार्यान्वयनमा जान्छ ।’

बोर्डले सबै पक्षमा अध्ययन गरेर मूल्य बढाउने प्रस्ताव गरेको दाबी गरेपनि उपभोक्ताकर्मीले भने एकलौटी निर्णय स्वीकार्य नहुने बताउँछन ।

  • १० फाल्गुन २०७९, बुधबार १५:३८ प्रकाशित