पोखरा ।
पोखरामा विस्फोटक पदार्थ पड्किंदा २ बालक घाइते भएका छन् ।घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट हुदाँ उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।
घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीको अनुसार उनीहरुको अवस्था सामान्य छ ।विस्फोटक पदार्थबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














