मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।
मुगुमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २३ जनाले ज्यान गुमाएका छन् । छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा बस दुर्घटना भएको हो ।

‘‘भे१ख ३१६७ नम्बरको बस दिउँसो साढे १ बजे भएको दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

२३ जनाको ज्यान गएको छ भने घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर उक्त क्षेत्रमा पठाइएको श्रेष्ठले बताए । बसमा ३९ जना यात्रु सवार रहेको खुलेको छ ।

  • २६ आश्विन २०७८, मंगलवार १५:४७ प्रकाशित