विराटनगर ।
मोरङको बुढीगंगा गाउँपालिकामा बोरामा एक महिलाको शव फेला परेको छ ।
बुढीगंगा गाउँपालिका-२ अमाहीमा विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव बोरामा भेटिएको मोरङ प्रहरीले बताएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा शव फेला प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए।
डीएसपी कार्कीका अनुसार शरीरका विभिन्न भागमा चोट रहेकाले ती महिलाको हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर-१९ का २९ वर्षीय रमेश साह पक्राउ परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














