फेरि घटेर आयो पेट्रोलको भाउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारतबाट फेरि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको हो । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।भारतबाट पेट्रोलको भाउ बढेर आएपनि उपभोक्ता मूल्य घट्छ घट्दैन यसबारे निगमले केही भनेको छैन ।

  • ४ फाल्गुन २०७९, बिहीबार १८:४१ प्रकाशित