विनाविभागीयमन्त्री डोबाटे विश्वकर्माले लिए शपथ

केन्द्रभाग मिडिया

पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई विनाविभागीयमन्त्री नियुक्ती गरेका हुन् । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा उनको नामा हटाइएको थियो । उनको ठाउमा विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

दलित सांसदलाई हटाएर घनाड्यलाई मन्त्री बनाएकोमा प्रदेश सरकारको आलोचना भएको थियो । मन्त्री नियुक्ती भए पछि उनले मुख्यमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने भनाइ राखे । उनले पहिला मन्त्री नियुक्ती हुन नसकेकोमा उनले त्यसलाई स्वभाविक रुपमा लिएको यो पार्टी भित्रको आन्तरिक कुरा रहेको उनले बताए ।

कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

  • २५ आश्विन २०७८, सोमबार १८:२४ प्रकाशित