सेना दिवसमा भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं । सैनिक दिवसको अवसरमा भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउने भएका छन् ।

नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागिएको सैनिक दिवसमाको अवसरमा भारतीय सेनाका अवकाश प्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे आउने पक्का भएको हो ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार हिजो( मंगलबार) बेलुकीसम्म निम्तो गरिएकामध्ये ५ पूर्वसेनाध्यक्ष आउने भएका हुन् ।‘केहि दिन बाँकी छ, थप पनि आउन सक्नुहुन्छ,’ सैनिक प्रवक्ता भण्डारीले भने ।

सेना दिवसको अवसरमा नेपाली सेनाले मानार्थ महारथीहरूलाई बोलाएर ‘चिफ कन्क्लेभ’ गर्न लागेको हो ।

  • ३ फाल्गुन २०७९, बुधबार १६:२९ प्रकाशित