संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिने ४ महिला पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका मध्ये ४ महिला पक्राउ परेका छन् । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि भएको प्रदर्शनमा गिरीकी श्रीमतीसहित सहभागीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती बिनु यादवसहित चार जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।

  • ३ फाल्गुन २०७९, बुधबार १६:०३ प्रकाशित