कास्कीको कलाभिरमा बोलेरो दूर्घटना, ८ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको नयाँपुल बाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ ।

एक जना घाइते भएका छन् । ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । ज्यान गुमाउने ६ जना पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार ९ जना सबार जीपमा एक जना गम्भिर घाइते छन् ।

सोमबार दिउँसो नयाँ पुलबाट छुटेको जीप २ : १५ बजे घान्द्रुक जाने क्रममा ग १ ज ६९०० नम्बरको जीप दूर्घटनामा परेको हो ।

गम्भिर घाइते एक जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

  • २५ आश्विन २०७८, सोमबार १६:१० प्रकाशित