आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै बालाजुका डीएसपी हेरफेर

केन्द्रभाग मिडिया

काठमाडौं ।

नयाँ बसपार्कमा सोमबार साँझ भएको घटनालाई लिएर प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खोसिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यहाँ डीएसपी मनोजित कुँवरलाई जिम्मेवारी दिएको छ । सोमबार साँझ विष्ट चढ्नेसहित प्रहरीका दुईवटा गाडीमा यातायात मजदुरले आगजनी गरेका थिए ।

स्थितिलाई नियन्त्रण नसकेको निष्कर्षसहित विष्टलाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

  • २ फाल्गुन २०७९, मंगलवार १४:०० प्रकाशित