सुर्खेत ।
दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ ।
गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काको कुटाईबाट २७ वर्षीया श्रीमती पार्वती बीसीको ज्यान गएको हो ।
श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीको अनुसार विवाद भएपछि श्रीमानले काठको गरालोले हान्दा घटना स्थलमै पार्वतीको ज्यान गएको हो ।














