गौतम गोत्रिय तिवारीको कुल मन्दिर परिषरमा सामुदयीक भवन बन्ने

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका २८ माझठाना पुर्ख्यौलि रहेका गौतम गोत्रिय तिवारिले सामुदायिक भवन निर्माण थालेका छन् । ६/ ६ वर्षमा हुने कुल पुजामा सहभागी हुन टाढा टाढा बाट आउनेहरुका लागि लक्षित गरि भवन बनाउन लागिएको हो । भवन बनाउनका लागि १० लाखमा जग्गा खरिद गरिएको तिवारी कुल मन्दीर समिति का सहसचिव जीवन तिवारीले जानकारी दिए । करिब ३० लाख रुपैया खर्चेर भवन बनाईने तिवारीले जनाए । भवन निर्माणका लागि स्वस्फुर्त रुपमा आर्थिक सहयोग प्राप्त भएको मन्दिर समितिका अध्यक्ष इन्द्र प्रसाद तिवारीले बताए ।

छोटो समयका लागि भए पनि सामुदायीक भवन चाइने रहेछ, सबैको चन्दा सहयोगबाट भवन सम्पन्न गरिने छ, तिवारीले भने । तिवारि मन्दिर परिसरमा सामुदायिक भवन निर्माण गर्न विष्णु तिवारि को अध्यक्षतामा निर्माण समिति बनाइएको छ ।

तिवारीहरुको कुल पुजा २०७९ फागुन १० र ११ गते हुदैँछ । फागुन १० गते रुद्रि पुजा हुने र ११ गते वलि दियर पुजा हुने कार्यक्रम रहेको उनले बताए । पुजा व्यवस्थित र सव्य भव्य का साथ सम्मपन्न गर्न विभिन्न उप समिति गठन गरियको छ । पुजा मुल समिति मा अध्यक्ष इन्द्रप्रसाद तिवारि को सयोजकमा मुल समिति जग्गा व्यवस्थापन मा केशव तिवारि विधान दर्तामा सुर्यप्रकाश तिवारि पुजा कार्यविधिमा चिरञ्जीवी तिवारि प्रचार– प्रसारमा जीवन तिवारि भजन व्यवस्थापनमा ऋषि तिवारि मन्दिर सजावटमा यकराज तिवारि लगायत विभिन्न उपसमिति रहेका छन ।

देशभर वाट करिव ६०० घर धुरिले पुजामा सहभागी हुने र करिव ४०० को सख्यामा वलि पुजा हुन सक्ने अनुमान छ । पुजा गर्न कास्की जिल्ला वाहेक नवलपरासि , चितवन , वर्दिया, पर्सा, झापा, तनहु , लम्जुग्ङ , र भारत वाट पनि गौतम गोत्रिय तिवारी आउने बताइएको छ ।

  • २ फाल्गुन २०७९, मंगलवार १०:४५ प्रकाशित