सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।

बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।

आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीलाई विवाह, बिरामी र विद्यार्थी बोकेको गाडी चल्न दिन निर्देशन दिइएको अखिल नेपाल यातायात मजदुर सङ्घ, बागमती प्रदेशको अध्यक्ष विष्णु गुरुङले बताए ।

सोमबार ल्होत्से मलमा यातायात मजदुरहरूलाई कुटपिट भएपछि आन्दोलन सुरु भएको थियो ।आन्दोलनरत मजदुर र व्यवसायीले हिजो बालाजुमा प्रहरीको भ्यान तोडफोड गर्नुको साथै जलाएका थिए ।

  • २ फाल्गुन २०७९, मंगलवार ०९:५७ प्रकाशित