विमान दुर्घटना : हेम्जाका सापकोटा दम्पतीको एक महिनापछि आज अन्त्येष्टि

केन्द्रभाग मिडिया

पोखरा ।

माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पोखरा २५ हेम्जाका एक दम्पतीको एक महिनापछि आज(सोमबार) अन्त्येष्टि गरिएको छ । यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको आज अन्तेष्टि गरिएको हो

अन्त्येष्टि अघि पोखरा महानगरपालिका २५ हेमजा मिलन चोकबाट उनीहरुको शवयात्रा निकालिएको थियो । राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टबाट पहिचान भएको थियो भने अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको थियो । डिएनएको रिपोर्ट हिजो मात्रै आएको थियो ।

राजन अमेरिकाबाट पुष ३० गते नेपाल आएका थिए भने उनलाई लिन श्रीमती अनिषा काठमाडौं गएको पारिवारिक स्रोतले जनायो ।

  • १ फाल्गुन २०७९, सोमबार १६:४१ प्रकाशित