आज अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न राष्ट्र बैंकको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंक्ले आज सोमबार सार्वजनिक बिदा भए पनि अत्यवावश्यक बैंकिङ सेवा भने नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सोमबार नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्था बन्द रहन्छ । तर, राष्ट्र बैंकले सोमबार अत्यवश्यक बैंकिङ सेवा भने नरोक्न निर्देशन दिएको हो ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० बजेदेखि अपराहृन १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकको सुचनामा भनिएको छ ।

त्यस बाहेकका अन्य बैंकिङ सेवा भने बन्द रहनेछ ।

  • १ फाल्गुन २०७९, सोमबार १०:५० प्रकाशित