सुर्खेत।
रुकुम आठबीसकोट नगरपालिका ११ का ३५ वर्षीय अशोक खड्काको ढुंगा लागेर निधन भएको छ ।
जाजरकोट नलगाड नगरपालिका ५ कालीमाटीबाट खारा तर्फ गइरहेको मोटरसाइकलमा सवारी खड्काको ढुंगा लागेर निधन भएको प्रहरीले जनाएको छ ।
ढुंगा लाग्नेबित्तिकै घाइते भएका खड्कालाई नगर अस्पताल दल्लीमा ल्याएर उपचार गर्दा गर्दै निधनभएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष रोकाले जानकारी दिए ।














