पोखराको महेन्द्रपुलमा पजेरोको ठक्करबाट ३ घाइते, गाडी सेतीमा खस्नबाट बच्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको व्यस्त सडक महेन्द्रपुलमा पजेरोको ठक्करबाट ३ जना घाईते भएका छन् ।

केही समय अघि पोखरा महानगरले भत्काएको पोखरा आर्ट ग्यालरी भएको खाली स्थानमा पार्किङमा राखेको प्राइभेट गाडी पजेरोलाई निकाल्ने समयमा सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको ट्राफिक प्रहरीले जानकारी दिए । पैदलयात्रीलाई ठक्कर दिदैं हुत्तिएको बा १३ च २६६२ नम्बरको पजेरो महेन्द्रपुलको बारमा ठोक्किन पुगेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षकी फूलमाया विक र उनका १८ वर्षका छोरा विष्णु विक रहेका छन् ।

घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका भइरहेको छ । अर्का घाईते वसन्त रसाइलीको अवस्था सामान्य रहेको छ ।

बारमा ठोक्किँदा पजेरो नदीमा खस्नबाट बचेको छ ।गाडी चालक तनहुँ शुक्लागण्डकीका चन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी निकालियो पुलको रेलिङमा अड्किएको पजेरो (फोटो /भिडियो : सुस्मिता श्रेष्ठ)

  • २९ माघ २०७९, आईतवार १४:१६ प्रकाशित