उपचार सेवा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

चिकित्सकहरूको आन्दोलनले बिरामी मर्कामा परेको भन्दै वीर अस्पताल अघि आफन्तले विरोध प्रर्दशन गरेका छन् ।

वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर नाराबाजी भइरहेको छ ।टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् ।राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

  • २९ माघ २०७९, आईतवार १०:५१ प्रकाशित