समाजवादी पेशागत कानुन व्यवसायी संगठन कास्कीमा खत्री

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजबादी पेशागत कानुन व्वसायी संगठन कास्कीको अध्यक्षमा ध्रुव खत्री चयन भएका छन् ।

शनिबार सम्पन्न प्रथम अधिवेशनले खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष डीपी अधिकारी, सचिवमा दधिराम पौडेल र कोषाध्यक्षमा घनस्याम बराल चयन भएका छन् ।

समितिको सदस्यहरुमा मात्रिका लामिछाने, गंगा प्रसाद सुवेदी र सुमन ढुंगाना चयन भएका छन् ।

 

  • २८ माघ २०७९, शनिबार १९:३४ प्रकाशित