हल्लन चोक स्थित सेलवेज डिपार्टमेण्टल स्टोर्समा आगलागी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको वडा नम्बर ६ लेकसाइड स्थित हल्लनचोकमा रहेको सेलवेज डिपार्टमेण्टल स्टोर्सको गोदाममा आगालागी भएको छ । अघि ४ : ४० मा भएको आगाली नियन्त्रणका प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले दमकलको सहायताले आगलागी नियन्त्रणका लागि प्रयास जारी रहेका छन् ।

‘अघि साँझ ४ : ४० बाट लेकसाइडको हल्लनचोकमा रहेको सेलवेजको गोदाममा आगलागी भइरहेको छ । अझै नियन्त्रणमा आउन सकेको छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले भने, ‘अहिले आगो निभाउने प्रयास जारी रहेको छ ।’

  • २८ माघ २०७९, शनिबार १७:५९ प्रकाशित