काठमाडौं ।
पार्टी पुनर्गठनसम्बन्धी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदल प्रतिवेदन ‘होल्ड’ गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे ओलीले आन्तरिक छलफल चलाएको ओली निकट स्रोतले जनाएको छ ।
‘सम्भवतः भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने कि भन्ने अध्यक्षको भनाइ छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्नसक्ने बताए ।
उपाध्यक्ष थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन मस्यौदा अध्यक्ष ओलीले लामो समयदेखि होल्ड गरेर राखेका छन् । ओलीले मस्यौदा होल्ड गरेर राख्दा मस्यौदालाई अन्तिम ९प्रतिवेदन० को रूप दिन नै कार्यदलले सकेको छैन ।
कार्यदल सदस्यहरूले संयोजक बादललाई कार्यदल बैठक छिटो बोलाउन बारम्बार आग्रह गर्दा पनि उनले बेवास्ता गर्दै आएको बताइन्छ ।













