गण्डकी प्रदेश सभाबाट बिनियोजन ऐन संसोधन विधेयक पारित

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले बिनियोजन ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । आज दफावार छलफलपछि उक्त संशोधन विधेयक सभामा निर्णयार्थ प्रस्तुत गरिएको थियो। सभामुख कृष्णप्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् । विपक्षी दल कांग्रेस तटस्थ बसेपछि विधेयक सर्वसम्मत पास भएको हो ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्षमा ल्याएको बजेटमा नयाँ सरकारले ऐन संशोधन गरेको हो । यसबाट खगराज अधिकारी नेतृत्वको सरकारलाई अब रकमान्तर गर्ने र बजेटमा नभएका योजनालाई रकम छुट्याउन बाटो खुलेको छ ।

संशोधन विधेयक आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासले गत २० माघको बैठकमा प्रस्तुत गरेकी थिइन् । यस्तै गण्डकी प्रदेश सभामा केही गण्डकी प्रदेश ऐन संसोधन गर्न बनेको विधेयक पेश भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री रोशनबहादुर गाहा थापाले शुक्रबारको प्रदेश सभा बैठकमा केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् । सरकारले यसअघि बनेका ३५ वटा ऐन एकैपटक संशोधन गर्ने गरी प्रक्रिया अघि बढाएको हो ।

 

  • २७ माघ २०७९, शुक्रबार १८:३५ प्रकाशित