भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई !(भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको लेकसाइडमा मिलेसम्म रातभर र नभए राति अवेरसम्म भएपनि व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन कास्की प्रहरी प्रमुखलाई पुन: निर्देशन दिएका छन् ।

त्यसका लागि आफूले थप वातावरण बनाउने भन्दै व्यवसायीसंग बसेर तत्काल निकास निकाल्नपनि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई  उनले निर्देशन दिए । बिहिबार महिला पर्यटन व्यवसायी मञ्चको साधारण सभा एवं अधिवेशनको उद्घाटन सत्रबाटै उनले यस्तो निर्देशन दिएका हुन् ।  ‘सुरक्षालाई मजबुद पार्दै लेकसाइडका व्यवसायीले सके रातभर नभए राति अवेरसम्म भएपनि व्यवसाय चलाउने वातावरण बनाउनुपर्छ ।’

उनले भने, ‘त्यसका लागि मैले एसपीलाई भेट्न व्यवसायीलाई पठाएको छु । पहिले काम गर्नुपर्छ भाषण म आफै एक घण्टा परेपनि गरिहाल्छु भनेर यहाँ बस्नुभएकी सांसद देवका पहारी र पर्यटन व्यवसायीका नेताहरुलाई पठाएको छु’ उनले भने ।

यसरी  मञ्चबाट उठाएर पठाए सांसद पहारीसहित पर्यटन व्यवसायीलाई 

महिला पर्यटन व्यवसायी मञ्चको विहिवार भएको पाँचौं साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि थिए गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी । लेकसाइडको माउण्ट कैलाशमाको तेस्रो तलामा भएको अधिवेशनमा उनी निर्धारित समय भन्दा केहि ढिलो पुगे । उनी पुग्नु अगाडि नै सुरु उद्घाटन सत्रमा उनलाई आसनग्रहण गराइएपछि औपचारिक रुपमा कार्यक्रमको उद्घाटन मुख्यमन्त्रीले नै गरे ।

त्यसपछि प्रमुख अथिति भएर बसिरहेकै बेला उनले मञ्च भन्दा अगाडि पहिलो लहरमा बसेका टान पोखराका पूर्व अध्यक्ष हरि भुजेललाई केही संकेत गरे । भुजेल मुख्यमन्त्री अधिकारी पुगेपछि केही कानेखुसी भयो । अनि मुख्यमन्त्री अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीसंग र लाउड स्पिकर मोडमा मोवाइलमा कुरा गर्दै भने ‘त्यो काम किन अगाडि बढेन ? यस्तो कुरालाई तपाईले गम्भिरतापूर्वक लिनुपर्ने हो, म व्यवसायीलाई तत्काल भेट्न पठाइदिन्छु ।’ भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारीसंग तत्काल मिटिङको तय गर्न भन्दै निर्देशन दिए ।

त्यसपछि मुख्यमन्त्री अधिकारीले आफ्नो नजिक बसेकी कार्यक्रमकी विशिष्ट अतिथि देवका पहारीलाई ‘व्यवसायीको नेतृत्व गर्दै तपाई गाईहाल्नुहोस् त’ भन्दै निर्देशन दिए । सांसद पहारी अल्मलिँदै आफ्नो बोल्ने पालो आएको संकेत गरिन् । तर, मुख्यमन्त्री अधिकारीको पहारीको साटोपनि म आफै भाषण गर्दिन्छु भन्दै छिट्टो गर्न भने, साथै अरु व्यवसायीहरुलाई पनि तुरुन्त हिँडिहाल्न निर्देशन दिए ।

आफ्नो सम्बोधनका क्रममा मुख्यमन्त्री अधिकारीले आफूले यसरी पठाएको बारेमा जानकारी दिए । मुख्यमन्त्री अधिकारीले कार्यक्रम सकिएपछि खाना खाने क्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई त्यसैरी नै मोवाइलमा लाउड स्पिकर मोडमै राखेर एसपीसंग व्यवसायी कुरा गर्न पठाएको र छिट्टै बसरेर लेकसाइडलाई राति अवेरसम्म खोल्ने वातावरण बनाउन निर्देशन दिए ।

यस अघि २० माघमा आफैलाई स्वगत गर्न पोखरा पर्यटन परिषदले आयोजना गरेको कार्यक्रममा पनि उनले यसरी नै एसपी केसीलाई फोन लगाएर लेकसाइड राति पानि खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

 

  • २६ माघ २०७९, बिहीबार १४:४६ प्रकाशित