पोखरा मासबारकी गिता छोरासहित सम्पर्कबिहीन

केन्द्रभाग मिडिया

पोखरा महानगरपालिका मासबारकी ४४ वर्षीया गिता गिरी छोरासहित सम्पर्क बिहिन भएकी छिन् । हिजो शनिबार बिहानदेखि उनी सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् ।

हिजो अन्दाजी पौने ८ बजे कुस्मास्थित माइत जान १२ वर्षीय छोरा युनिसलाई लिएर घरबाट निस्किएकी गिता सम्पर्कमा आउन नसकेको परिवारले जनाएका छन् । कुस्मा जान हिँडे भनिए पनि उनको मोबाइलको अन्तीम लोकेशन तनहुँको आँबुखैरेनी देखिएको बताइएको छ ।

गिता सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी दिइएको छ भने कसैले कहीँ, कतै देखेमा सम्पर्क गरिदिन परिवार एवं आफन्तजनले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरि जानकारी दिन अनुरोध गरेका छन् ।

  • २२ माघ २०७९, आईतवार १५:२८ प्रकाशित