नेपालको पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

केन्द्रभाग मिडिया

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । पारिवारिक स्रोतको अनुसार जबराको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । जबराका दुई छोरा र दुई छोरी छन् ।

  • २२ माघ २०७९, आईतवार ०८:५६ प्रकाशित