काठमाडौं ।
रवि लामिछाने गृहमन्त्रीबाट पदच्युत भएपछि यतिबेला गृह प्रधानमन्त्री पुष्पकमल दाहालले नै राखेका छन् । राष्ट्रपतिको चनावसम्म गृह दाहालले नै राख्ने बताइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने दाबी गरेका छन् ।
सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नै दिनुपर्ने ओलीले बताएका हुन् । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको भन्दै उनले त्यही सहमति अनुसार हुनुपर्ने उनको भनाइ छ ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’
प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ?’













