पोखरा ।
नेपाली कांग्रेसका प्रदेश सांसद दोबाटे विश्वकर्मा पनि गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् ।
दोबाटेलाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएका बेला यसबारे छलफल भई दोबाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको हो ।
उनलाई हाल विनाविभागीय मन्त्री बनाइने भएको छ । उनको आजै साँझ शपथ हुने तयारी भएको छ ।प्रदेशमा मन्त्रीपरिषद विस्तारका बेला दोबाटेको नाम पनि मन्त्री बन्नेको लिस्टमा थियो । पछि उनको नाम काटिएको थियो ।