कालिका क्याम्पसमा साइबर अपराध सम्बन्धी चेतनामुलक कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटोपानी पोखरा–१० ले जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कालिका बहुमुखी क्याम्पस पोखरा–१४ का विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र लागुऔषध सम्बन्धी चेतनामुलक कार्यक्रम आयोजना गरिएको थियो । सामुदायीक सेवा केन्दका्र अध्यक्ष मीरा देवी आचार्यको अध्यक्षतामा भएको कार्याक्रमा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरका बोल्दै वडाध्यक्ष कार्कीले साइबर अपराधका घटनाले समाज आक्रान्त बन्न थालेको बताए । प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित बनाउन आवश्यक रहेको कार्कीले बताए । समाज, परिवार र अफुलाई अपराधबाट टाठा राख्न विद्यार्थीहरुले भूमिका खेल्नसक्नुपर्छ बरालले भने, साइबर मार्फत हुने अपराध वारे घरपरिवारमा पनि जानकारी गराउनुपर्छ ।

कार्यक्रममा साइबर अपराध वारे प्रशिक्षण दिदै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तिलक मानन्धरले साइबर अपराध बढदै गएर मानब बेचबिखन सम्म हुने गरेको बताए । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ मानन्घरले भने, सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त पनि भइसकेका छन्, तर यसैलाई मार्फत अपराध गर्नेहरु पनि त्यतीकै सक्रिय बनेका छन्। त्यसबाट जोगिन सूचना प्रविधिमा रमाउनेहरु थप सचेत हुनेपर्ने उनको भनाई थियो ।

कालिका क्याम्पसका पूर्वप्रमुख राबिन्द्रनाथ बास्तोलाले लागुऔषको प्रयोगले देशनै असफल राष्ट्र बन्न सक्ने बताए । लागुऔषधको असर र यसले पर्ने प्रभाव वारे जनचेतना आवश्यक रहेको बास्तोलाले बताए ।

कार्यक्रमका संयोजक किरण अधिकारीले सामुदायिक सेवा केन्द्रले समाजमा जनचेताा फैलाउनका लागि कार्य क्षेत्र रहेका ४ वटा वडमा मासिक रुपमा कार्यक्रम गदै आएको बताए । विसंगती रहित समाजको निर्माण, शान्ति सुरक्षा हाम्रो अभियान भन्ने अभियान लिएर सेवा केन्द्र स्थापना भएको पनि उनले सो अवसरका जानकारी दिए ।

कालिका क्याम्पसमा अध्यनरत एक सय बढि विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन सेवा केन्द्रका सहसचिव शिव प्रसाद बरालले गरेका थिए ।

  • १३ माघ २०७९, शुक्रबार १८:४१ प्रकाशित