रवि लामिछानेको मुद्दामा सकियो सुनुवाइ, फैसला आउन बाँकी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए । सुनुवाइपछि अहिले न्यायाधीशहरू फैसलाबारे छलफल गरिरहेका छन्।

  • १३ माघ २०७९, शुक्रबार १३:४९ प्रकाशित