यात्रा गर्दा यस्ता कुरामा ख्याल गर्नुस्, नत्र समस्यामा परिन सक्छ (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् ।

गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी दिए । उनले दशैंमा यात्रुलाई भने सवारी साधन नपाएर समस्या नहुने उल्लेख गरे । केन्द्रखबरसंग कुरा गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।

कसैले तोकिएको भन्दा धेरै भाडा मागेमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन र कारबाही गराउन उनले आग्रह गरे । सवारी साधनको अभाव नहुने भन्दै उनले यात्रा गर्ने क्रममा धेरै पैसा तिर्ने अनि यात्रु ठगे भन्नुभन्दा धेरै भाडा मागेमा तत्काल प्रहरीलाई खबर गर्न उपयुक्त हुने सल्लाह उनले दिएका छन् ।

चाडबाडका बेला यात्रु लुटिने जस्ता घटना घट्ने गरेको भन्दै उनले यात्रुलाई स्वयम सचेत भएर यात्रा गर्न आग्रह गरे । सवारी साधन चढिसकेपछि आफूसंग रहेको बहुमुल्य सामान आफ्नो साथमा राख्न उनले सुझाव दिएका छन् । ‘यात्रुहरुले बहुमुल्य समान पनि छतमा राख्ने गरेको पाइएको छ । त्यसो नगर्नुहोला । त्यस्ता सामान आफ्नो साथमै राख्नुहोला । मोवाइलमा अनावश्यक भुल्ने नगर्नुहोला । आफ्नो साथमा रहेको मानिस कस्तो छ भनेर ख्याल गर्नुहोला’ उनले भने ।

  • २४ आश्विन २०७८, आईतवार १८:५२ प्रकाशित