आत्मदाह गरेका प्रेमप्रसादको परिवारलाई सहयोग आउन थाल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको सहायताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात भएको छ ।

हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो । आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै सामाजिक संजालमा निराशा व्यक्त गर्दै बाध्य भई उक्त कदम लिएको उल्लेख गरेका थिए ।

आत्मदाह अगाडि ६ हजार शब्द भन्दा बढीको ‘सुसाइड नट’ पोस्ट गरेका आचार्यले सोही नोटमा आफु ऋणबाट थिचिएको र उक्त ऋण तिर्न नसकेको अवस्था उनकी श्रीमतीले पनि उनको जस्तो बाटो अपनाउन सक्ने प्रबल सम्भावना रहेको भन्दै आम मानिसमा आर्थिक सहयोगको अपीलसमेत गरेका थिए ।

आचार्यको आत्मलाप हाल सामाजिक संजालमा भाइरल भएसँगै उनको परिवारलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

  • ११ माघ २०७९, बुधबार १४:४८ प्रकाशित