पोखरा ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले पदभार ग्रहण गरेकी छन् । सुन्दासले बुधबार बिहान आर्थिक मामिला मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए ।
पदभार ग्रहण गदै उनले आफ्नो प्राथकिता समेत सार्वजनिक गरेकी छन् । प्रदेशको आन्तरिक आयस्रोत बृद्धि, स्थनिय सरकारबाट संकलित हुने कर र शुल्कलाई बृद्धि गर्ने र प्रदेश संचित कोषमा दाखिला गर्ने व्यवस्था मिलाईने उनले बताइन् । चालु प्रकृतिका प्रशासनिक खर्चलाई मितव्ययी बनाउन जोड दिइने, पुजिगत खर्च बढाउन प्रभावकारी रुपमा समन्वय तथा सहजिकरण गरिने छ ।
अयोजनाहरुको नियमित अनुगमन गरी फलोअप गर्ने प्राणाली तर्फ जोड दिइने छ, राजस्व संकलन तथा सेवा प्रवाहलाई अनलाइन प्रणाली मार्फत संचालन गर्ने व्यवस्था मिलाइने उनले बताइन् ।
भूमिको समुचित व्यवस्थापन तथा भूमि स्रोतको प्रभावकारी नक्साङकन, प्रदेश भित्रका सहकारीहरुको प्रभावकारी रुपमा नियमन, गरिबि न्युनिकणका लागि प्रभावकारी रुपमा कार्यक्रम संचालन गरिने सुन्दाले बताइन् ।
पुस २५ गते मन्त्री नियुक्त भएकी सुन्दासले मंगलबार मात्रै अर्थिक मामिला मन्त्रालयको जिम्मा पाएकी थिइन् ।