संसद भवनअगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् ।

३६ वर्षीय इलाम घर भएका आचार्य थर भएका एक युवकले संसद भवन अगाडि आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । प्रहरी स्रोतका अनुसार उनले आत्महत्या गर्न खोजेका थिए । उनलाई उद्धार गरी किर्तिपुर अस्पताल लगिएको छ ।

  • १० माघ २०७९, मंगलवार १५:३८ प्रकाशित