गण्डकीमा माओवादीबाट रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ ।

पोखरामा हिजो(सोमबार) बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् ।

माओवादीको गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले पार्टीको गण्डकी प्रदेश संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको पुष्टि गरेकी हुन् ।

संसदीय दलका नेता हरिबहादुर चुमानले भने मन्त्रालय नै टुंगो नलागेकाले को मन्त्री जाने भन्ने पनि निर्णय नभएको दाबी गरे । जुग्जालीले पनि आफूलाई मन्त्री बनाउने निर्णय भएको बताए ।

माओवादीका तर्फबाट यसअघि तनहुँ२(२) बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री बनेका छन् । प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो ।

  • १० माघ २०७९, मंगलवार ०९:०१ प्रकाशित