स्पोर्टस अवार्ड फागुन २३ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ ।

वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

विगतका वर्षमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ९ प्रमुख विधा समावेश छन् ।वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिनेछ ।वर्षको उत्कृष्ट पुरुष, महिला खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । यस संस्करणदेखि वर्षका उत्कृष्ट युवा खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने एनएसजेएफले जनाएको छ ।

अन्य विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् ।

  • ९ माघ २०७९, सोमबार १६:४५ प्रकाशित