टाईगर कप भलिबल एपीएफको विजयी सुरुवात

केन्द्रभाग मिडिया

पोखरा ।
विभागीय टिम नेपाल एपीएफ क्लबले तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता महिलातर्फको खेलमा विजयी सुरुआत गरेको छ ।

पोखरा रंगशालाको भलिबल कभर्ड हलमा सोमबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो । पहिलो खेलमै जित निकाल्ने क्रममा एपीएफले गण्डकीलाई २५–११,२५–१९ र २५–१६ को सेटमा हराएको हो ।

आज नै पुरुषतर्फ दुई खेल हुदैछ । पुरुष तर्फको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब बीच खेल हुदैछ।

पुरुष तर्फको दोस्रो तथा आजको अन्तिम खेलमा विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिसका बीचमा खेल हुदैछ । पहिलो खेलमा जित हात पारेको एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा पराजित पुलिस भने पहिलो जितको खोजीमा रहेको छ ।

 

  • ९ माघ २०७९, सोमबार १३:३४ प्रकाशित